• vacancy ad
  • पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७५औँ जन्मदिन

  • Ad Space available
  • पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैछन् ।

    ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए । उनी राजा महेन्द्रका माहिला छोरा हुन् । वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।

    ad space

    राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उनीविरुद्ध २०६२/०६३ जनआन्दोलन गरेका थिए । सोही जनआन्दोलनको बलमा पुनःस्थापित संसदले देशमा गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए ।

    ज्ञानेन्द्र शाह यो वर्ष जन्मदिनलाई उत्सवको रूपमा नमनाउने उनले बताएका छन् । राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए ।

    उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ।’

    विज्ञप्तिमा थप लेखिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

  • ad space
  • सिफारिस