• vacancy ad
  • कोरोनाबाट १२८१ जना संक्रमित, थप ८ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ सय ५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय