• vacancy ad
  • त्रिविले स्थगित परीक्षाफल असारभित्रै प्रकाशित गर्ने

  • Ad Space available
  • त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।

    परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए । स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

    ad space

    मापदण्डबारे छलफल

    परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गरेर मात्र परीक्षाको कार्यक्रम अगाडि बढाउने भएको छ ।
    परीक्षा नियन्त्रक जोशीले पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको सङ्क्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकोले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको गोरखापत्रले लेखेको छ । विश्वविद्यालयले साउनमा स्नातक तहको परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ । भदौ महिनामा पनि परीक्षा सञ्चालन गर्ने योजना छ ।

    उनले परीक्षामा देशभरका दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी भौतिक रूपमा उपस्थित हुने र यसले सङ्क्रमण बढाउन सक्ने भएकोले पनि सरकारसँगको सरसल्लाहमा मात्र आफूहरू अघि बढ्ने बताए । सो केन्द्रसँग बुधबार विश्वविद्यालयको परीक्षा सञ्चालन र मापदण्डबारे छलफल गर्ने कार्यक्रम छ ।

  • ad space
  • सिफारिस