काठमाडौँ ।
एमाले बनेका रामबहादुुर थापा ‘बादल’लगायत पूर्वमाओवादी नेताहरूले नेकपा माओवादी केन्द्र विघटन गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन हाल्ने भएका छन्। साथै यस विषयमा आजै निर्वाचन आयोगमा पनि निवेदन दिइने उनीहरूले बताएका छन्।
त्यसअघि उनीहरूले कानुन व्यवसायीसँग छलफल गर्दै छन्। महाधिवेशन नगरिएको र अन्य प्रक्रियासमेत नमिलाइएकाले माओवादी केन्द्र विघटनयोग्य रहेकाले सर्वोच्च अदालत र निर्वाचन आयोगमा निवेदन दिन लागिएको यो पार्टी छाडेर एमालेमा सामेल नेता प्रभु साहले जानकारी दिए।
सिफारिस
लोकप्रिय