

काठमाडौं नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले जित हात पारेको हो ।
जितको लागि १ सय १० रनको विजयी लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो । लगातार दोस्रो खेलमा शतकीय साझेदारी गरेका हुन । विजयी चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।
सिफारिस
लोकप्रिय