• vacancy ad
  • आज जसपा फुटबारे छिनोफानो हाेला ?

  • Ad Space available
  • काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

    यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो । मेलमिलापका लागि बोलाए पनि स्रोतका अनुसार उनीहरुबीच यो सम्भावना छैन ।

    ad space

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पक्ष–विपक्षमा विभाजित भएको जसपाको उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्ष प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको थियो । महन्थ ठाकुर र राजेन्द्र महतो समूह पक्षमा थियो । ठाकुर र महतो ओली नेतृत्त्वको सरकारमा सहभागी पनि भएको थियो ।

    तर, सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्रीलाई सरकार पुनरगठन तथा विस्तारको अधिकार नहुने भन्दै फैसला गरेपछि थपिएका मन्त्रीहरु स्वतः पदमुक्त भएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय