• vacancy ad
  • कोरोना बढेपछि बंगलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’

  • Ad Space available
  • एजेन्सी। बंगलादेशमा लागू भइरहेको कडा लकडाउन एक साता थप भएको छ।

    बंगलादेश सरकारले लकडाउन थप गर्ने निर्णय गरेसँगै जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ।

    ad space

    कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन्।

    सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ।

    कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो।

    बंगलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बंगलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ।

    मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताएका छन्।

    बंगलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार २२९ जनाको मृत्यु भएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय