• vacancy ad
  • ७६ (५) मा देउवाको दाबी पुग्छ, ओलीको पुग्दैन : एमिकस क्युरी घिमिरे

  • Ad Space available
  • काठमाडौं। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा एमिकस क्युरी वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने बताएका छन्।

    संवैधानिक इजलासमा आफ्नो राय प्रस्तुत गर्दै उनले १४९ सांसदको हस्ताक्षर बुझाएकाले प्रधानमन्त्रीमा देउवाको दाबी धारा ७६ (५) अनुसार वैधानिक भएको बताए।

    ad space

    उनले धारा केपी शर्मा ओलीले धारा ७६ (२) अनुसारको प्रधानमन्त्री हुँदा विश्वासको मत नपाएको र धारा ७६ (३) अनुसारको प्रधानमन्त्री हुँदा पनि विश्वासको मत पाउन सक्दिन भनेकाले धारा ७६ (५) मा दाबी अनुचित भएको बताए।
    उनले धारा ७६ (२) मा दलहरूकाे समर्थनमा सरकार बन्ने र ७६ (५) मा सांसदले सरकार बनाउने भएकाले त्याे व्यवस्था भनेकाे टाउकाे गन्ने नै व्यवस्था भएको बताए ।

    उनले भने, ‘केपी ओलीको चिठी गयो। जसपा पनि चिट्ठी लिएर गयो। एमाले र जसपाको चिट्ठी ७६(२) मा मात्रै काम लाग्छ।’

    वरिष्ठ अधिवक्ता घिमिरेले एक पटक विश्वासको मत नपाएको व्यक्ति अर्को पटक प्रधानमन्त्री नियुक्त हुन नसक्ने जिकिर गरे।

  • ad space
  • सिफारिस
    लोकप्रिय