• vacancy ad
  • निर्वाचन आयोगद्वारा चुनावी कार्यक्रम सार्वजनिक, १५ साउनसम्म दल दर्ता

  • Ad Space available
  • काठमाडाैं। निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको चुनावी कार्यक्रम सार्वजनिक गरेको छ।

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा आयोगले सोमबार मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक गरेको हो।

    ad space

    आयोगले दुई चरणको निर्वाचन कार्यक्रममा उम्मेदवारी मनोनयन दर्तादेखि मतगणनासम्मका कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

    प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर ३ गते सुरू गरिने आयोगले जनाएको छ।

    मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते पहिलो चरणको र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन्।

    सरकारको कदम असंवैधानिक भन्दै सर्वोच्च अदातलमा दायर मुद्दामाथि सुनुवाइ अहिले अन्तिम चरणमा पुगेको छ।

    यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी केपी शर्मा ओली सरकारकै निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुनर्स्थापित गरिदिएको थियो।

    आयोगले असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय दिएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय