काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस आज सकिएको हो।
सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे। संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएपछि मुद्दामा फैसला बाँकी रहनेछ ।
प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरी छन्। एमिकस क्युरीलाई रायका लागि २ घण्टा समय निर्धारण गरिएको छ।
सिफारिस
लोकप्रिय