काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ओलीले आज बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए एमाले हुन नसक्ने बताएका थिए । तर नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको थियो ।
ओलीले नेता नेपालसँग भेट्न खोजे पनि नेपालले भने अस्वीकार गरेका थिए । त्यसपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुईघण्टा बढी छलफल गरेका थिए ।
एमाले नेपाल समूहले सांसद पद गए पनि हस्ताक्षर फिर्ता नगर्ने निर्णय गरेको छ । नेपाल समूहका २ दर्जन सांसदले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका छन् ।
सिफारिस
लोकप्रिय