• vacancy ad
  • पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला, जोरबिजोर हट्यो

  • Ad Space available
  • काठमाडौं। पर्सी मंगलबारदेखि काठमाडाैं उपत्यकामा जोरबिजोर प्रणाली हट्ने भएको छ।

    कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी निषेधाज्ञाको २ महिनापछि सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ। थप खुकुलो व्यवस्थासहित असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ।

    उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ।

    त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाउँदै सबै प्रकारका सवारी साधन खुला गरिएको छ।

    सिफारिस
    लोकप्रिय