• vacancy ad
  • मन्त्रीबाट राजीनामा दिएकी रायमाझीको प्रदेशसभालाई पत्र: लुम्बिनी सरकारलाई समर्थन छैन

  • Ad Space available
  • काठमाडौं। लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायामाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी गराएकी छन्।
    उनले प्रदेशसभा प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै सो जानकारी गराएकी हुन्।

    रायमाझीले आफू संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको र हाल राज्यमन्त्रीबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको जनाएकी छन्।

    ad space

    आइतबार प्रदेशसभा सचिवालयमा पत्र पठाई रायमाझीले अब जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको जानकारी गराएकी हुन्। उनले शुक्रबार राज्यमन्त्रीको पदबाट राजीनामा दिएकी थिइन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय