
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ।
सिफारिस
लोकप्रिय