• vacancy ad
  • अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा आपतकालीन अवतरण

  • Ad Space available
  • एजेन्सी। दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या आएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै आपतकालीन अवतरण गराइएको छ ।

    उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ जान ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा अवतरण गराइएको थियो । तटरक्षक सुरक्षा फौजले दुवै पाइलटलाई उद्दार गरेका थिए ।

    ad space

    एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए । हवाई न्यूज नाउका अनुसार ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पु¥याएर सघन उपचार कक्षमा राखिएको छ।

    टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको बताइएको छ।

    अनलाइनमा राखिएको भोइस रेकर्डिङमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई ‘नम्बर १ इन्जिन बिग्रेको छ, अर्को इन्जिन पनि खराब हुन गइरहेको छ । यो असाध्यै तातेको छ’ भनेको सुनिन्छ ।

    द फेडरल एभियशन एडमिनिस्ट्रेशन र नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले उक्त घटनाको अनुसन्धान गर्ने भएको छ।

    एफएएले भनेको छ, ‘पाइलटहरूले इन्जिनमा समस्या आएको रिपोर्ट गरेका थिए र होनोलुलु फर्कने प्रयत्न गरिरहेका बेला उनीहरूले जहाजलाई पानीमा खसाल्न बाध्य भए ।’

    उडानहरूको जानकारी दिने वेबसाइट फ्लाइटरेडार २४ ले ट्वीट गर्दै सो जहाज ट्रान्सएअर कम्पनीका लागि सन् २०१४ देखि उडानमा रहेको ७३७–२०० कार्गो विमानका रूपमा काम गर्दै आएको जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय