काठमाडाैं । आफ्नै छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
केही दिन अगाडी आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा छाेपी आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले पटकपटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बाबुविरुद्ध प्रहरी बृत्त जगातीमा उजुरी दिएकी थिइन ।
उजुरीका अाधारमा प्रहरीले पक्राउ गरी शुक्रबार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।
सिफारिस
लोकप्रिय



