• vacancy ad
  • अभिनेता आमिर खानकाे दाेश्राे पटक सम्बन्धविच्छेद

  • Ad Space available
  • एजेन्सी। बलिउडका चर्चित अभिनेता आमिर खानले सम्बन्ध विच्छेद गरेका छन् ।
    विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

    उनकी दोस्रो पत्नी किरण रावसँग आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरू २८ डिसेम्बर २००५ मा विवाह गरेका थिए । सम्बन्ध विच्छेदपछि उनीहरू संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् ।

    ad space

    विज्ञप्तिमा भनिएको छ, ‘यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय