• vacancy ad
  • देशभर वर्षा : यी नदीले पार गर्न सक्छन् सतर्कता तह

  • Ad Space available
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्ने छ ।

    आज देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

    ad space

    त्यस्तै, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमलालगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने जनाएको छ । त्यस्तै आज बागमती, पूर्वी राप्तीलगायतमा बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपना महशाखाले अनुरोध गरेको छ ।

     
  • ad space
  • सिफारिस
    लोकप्रिय