• vacancy ad
  • ‘देशलाई छाडा, स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजियो’

  • Ad Space available
  • प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन् ।

    शुक्रबार एमालेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरू भइरहेको बताएका हुन् । उनले देशलाई अनुशासनहीन, उश्रृङ्खल र सामाजिक सभ्यताहरूको उल्लंघन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताए  ।

    ad space

    ‘अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने प्रवृत्ति, त्यस्ता कुराहरूले अहिले पनि आन्दोलनको संगठित तवरले घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लंघन गर्ने, हामीलाई कसले के गर्न सक्छ भन्ने खालका भावना राख्ने ती प्रवृत्तिहरू बढेका छन् । र देशलाई एउटा अनुशासनहीन, उश्रृङ्खल र सामाजिक सभ्यता, मर्यादाको उल्लंघन गर्ने, छाडा, स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको छ’ उनले भने ।

    उनले राजनीतिक मुद्दाहरूलाई अदालततिर पठाएर जनतामा जान नदिने प्रयासहरू भइरहेको बताए । उनले एमालेलाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको टिप्पणी गरे । उनले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताए ।

    ‘हाम्रो पार्टीको साख जनताका बीचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन् । आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउनेजस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरू पनि भइरहेका छन्’ उनले भने ।

    उनले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरू पुतला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गाली गलौज, अपमान र झुठा लाञ्छनाहरू लगाएर समाजलाई असभ्य बनाउन खोजिएको बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय