• vacancy ad
  • प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा सरकारी पक्षको बहस समाप्त

  • Ad Space available
  • काठमाडाैं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस सकिएको छ।

    महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षबाट बहस सुरू गरेका थिए। सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो। त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरेका हुन्।

    ad space

    त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ। सभामुखका तर्फबाट आइतबार बहस हुनेछ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुुनुवाइ भइरहेको छ।

    प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानून व्यवसायीले संवैधानिक अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन गरिएको तर्क गरेका थिए।

    सभामुखका कानून व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफ दिने छ। त्यसका लागि तीन घण्टाको समय निर्धारण गरिएको छ। त्यसपछि अदालतका सहयोगी (एमिकस क्युरी) को बहस हुनेछ। एमिकस क्युरीका लागि दुई घण्टाको समय तोकिएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय