

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । जसमध्ये २९ हजार २७४ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।
सिफारिस
लोकप्रिय