• vacancy ad
  • एमाले केन्द्रीय कमिटी बैठकमा बामदेव गए, माधव पक्ष गएन

  • Ad Space available
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका छन् ।

    केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोनमा कुराकानीगरे बैठकमा सहभागी हुन नेता नेपाललाई ओलीले आग्रह गरेका थिए । तर, नेपालले ओलीको आग्रह अस्वीकार गरे ।

    ad space

    माधव नेपाल समूहले बिहीबार नै केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।  ओलीले आजका लागि बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै नेपाल समूह सहभागी नहुने भएको हो । 

    बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय