• vacancy ad
  • माधव नेपाल समूहको निष्कर्ष : ओली समूहले बोलाएको बैठक अवैध

  • Ad Space available
  • काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूह अध्यक्ष केपी शर्मा ओलीले १८ असारका लागि बोलाएको बैठकमा सहभागी नहुने भएको ।

    अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै नेपाल समूह सहभागी नहुने भएको हो । नेपाल समूहको बैठक बिहीबार बसेको थियो ।

    ad space

    बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

    सोही विषयमा छलफल गर्न बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले सो बैठकमा नजाने निर्णय गरेको हो ।

    केन्द्रीय कमिटीको बैठक नै अवैध कमिटीले बोलाएको बैठक पार्टी एकताको पक्षमा नभएको भन्दै पार्टी एकता बचाउन इमान्दार भएर अगाडि बढाउन र सोही अनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेको छ।

  • ad space
  • सिफारिस