काठमाडाैं। पहिरोले अवरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ।
बेनीघाट रोराङ गाउँपालिका–१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन।
सिफारिस
लोकप्रिय