• vacancy ad
  • चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिक समारोहमा राष्ट्रपति सीले भने– चीन कसैको धम्कीले दब्ने छैन

  • Ad Space available
  • एजेन्सी। चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने चेतावनी दिएका छन्।

    उनले चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बेइजिङले आफू मात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने पनि बताएका छन् । उनको टिप्पणी अमेरिकाप्रति लक्षित रहेको ठानिएको छ ।

    केही वर्षयता व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरसको महामारीका विषयले अमेरिका र चीनको सम्बन्ध चिसिएको छ।

    यस्तै ताइवानसँग अमेरिकाको बढ्दो सम्बन्धका कारण पनि दुई देशबीच तनाव बढेको छ ।

    ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने भएपनि माओको नेतृत्वमा चीनमा कम्युनिस्ट सत्ता स्थापना हुनुअघि चीनका शासक रहेका च्याङकाई सेक चीनकै भूभाग ताइवानमा गएर सो टापुमा शासन गर्न थालेका थिए । सोही कारण ताइवानलाई चीनले आफ्नो अभिन्न अंगका रुपमा मान्दै आएको छ ।

    बिहीवार राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको अविचलित प्रतिबद्धता रहेको बताए ।
    शतवार्षिकी समारोह मनाउने क्रममा बिहीबार बिहान सैनिक जेट विमानहरूले ‘फ्लाइ पास्ट’ गरेका थिए भने तोपको सलामीका साथै देशभक्तिपूर्ण गीतहरू बजाइएको थियो।

    सिफारिस
    लोकप्रिय