• vacancy ad
  • दुई महिनापछि खुल्यो आन्तरिक उडान, ६४ जहाजले उडान भर्ने

  • Ad Space available
  • कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको दुई महिनापछि आन्तरिक उडान खुलेको छ । आन्तरिक उडान खुलाएसँगै शुरुआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ ।

    आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।

    ad space

    सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    निषेधाज्ञा कायमै रहेको र कोरोना संक्रमण रहेकाले त्रिभुवन विमानस्थलले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने प्राधिकरणले जनाएको छ ।

    विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले यात्रुहरूले भौतिक दुरी कायम गर्नुपर्ने, भीड कम गर्न तीन सयजना बस्न मिल्ने गरी अस्थायी स्थानको व्यवस्था गरेको बताए । प्रत्येक जहाज १० मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको तिवारीले बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय