![](https://batikanews.com/wp-content/uploads/2025/01/samsadiya-samiti-ramhari-khatiwada-80x100.jpg)
![](https://batikanews.com/wp-content/uploads/2021/06/raining.jpg)
मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेको र तराईका भूभागनजिक मनसुनी न्यून चापीय रेखा रहेकाले भारी वर्षा हुने सम्भावना रहेको जनाएको हो ।
मनसुनी वायु सक्रिय हुँदा हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ भने बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा जारी छ ।
यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यता, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आद देशैभर पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज तमोर, भोटेकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु, तथा वरशुली, बुढीगण्डकी, कावलगण्डकी, मस्यााङ्दीलगायत नारायणीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतकाता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पााँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा,ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पसाा, रौतहट, सलााही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौं, धादिङ, मकवानपुर, चितावन, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्गजा, पर्वत, कास्की, बागलुङ, नवलपुर र लुम्बिनी प्रदेशको नवलपरासी, दाङ, पाल्पा, गुल्मी, अघााखााँची, रोल्पा र आसपासका जिल्ला भई बग्ने स-साना नदी तथा जलाधारामा बाढी बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।