• vacancy ad
  • राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जना जेल चलान

  • Ad Space available
  • काठमाडौं। राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षको लागि जेल चलान भएका छन्।

    राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका सुर्खेत गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चौमनबहादुर घर्ती, मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षको लागि जेल चलान गरेको हो।

    उनीहरूलाई प्रहरीले २३ जेठमा पक्राउ गरेको थियो। उनीहरु तीनै जनाले २१ जेठमा मनबहादुर पुनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा राउटे युवतीमाथि यौनहिंसा गरेका थिए।

    दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए।

    सिफारिस
    लोकप्रिय