• vacancy ad
  • थप २,८९२ जनामा कोरोना सङ्क्रमण, ४१ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ८९२ कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८८९ जना र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो।

    ad space

    नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ। मंगलबार २ हजार ६३६ जना संक्रमित भेटिएका थिए।

    त्यस्तै सोमबार २ हजार ४४४ जना र आइतबार १ हजार ९२० जना संक्रमित भेटिएका थिए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौंमा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन्।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय