• vacancy ad
  • झोलुङ्गे पुल बग्योः मनाङको तल्लो पिसाङ जोखिममा

  • Ad Space available
  • मनाङ। मर्स्याङ्दी नदीमा आएको भीषण बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ। पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ।

    बाढी पहिरोले सुरूमा मनाङको तल्लो भागमा क्षति पुर्‍याएको भएपनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

    ad space

    “बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पुर्‍याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ। विपद्लाई रोक्न नसकिने रहेछ”, उनले भने, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिरोको जोखिम बढेको छ, बाढी पहिरोले केही बस्ती बस्ने ठाउँहरु बगाइसकेको छ भने केही भाग अति जोखिममा छन्।”

    माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ गाउँपालिका—१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिए।

    उनले भने, “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक भएकोले केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ।”

    पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ गाउँपालिका—१ का वडासचिव पशुपति अधिकारीले जानकारी दिए।

    जोखिममा परेका ती घरपरिवारलाई माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घरहरु जोखिममा रहेको उनको भनाइ छ। बाढीको जोखिम बढ्दै गएपछि मनाङवासी त्रसित भएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय