• vacancy ad
  • युवा समाजसेवी रोकायले थाले शाही र नेपाली बचाउँ अभियान

  • Ad Space available
  • काठमाडौं। विभिन्न कारणले आर्थिक समस्यामा परेका जाजरकोटबासीका लागि सहयोग गर्दै आएका जाजरकोट कुशेगाउँपालिकाका युवा समाजसेवी विकास रोकाय पछिल्लो समय बिरामी परेका व्यक्तिको सहयोगमा जुटेका छन्।

    जाजरकोटका भरत शाही र विजयी नेपाली बचाउँ अभियानमा लागेका उनले आफन्तलाईसमेत सहयोगको लागि अपिल गरेका छन्। शाही कलेजोका बिरामी हुन् भने नेपालीको किड्नी प्रत्यारोपण गुर्न पर्ने भएको छ।

    ad space

    गत वर्षसमेत रोकायले कोरोना महामारीका कारण समस्यामा परेका जाजरकोटकबासीलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउनेदेखि नेपालगञ्ज र काठमाडौंबाट आफैंले गाडीको व्यवस्थापन गरेर घर पठाएका थिए।

    कोरोना भाइरसको दोस्रो लहरका कारण आफैंपनि संक्रमण हुन पुगेका रोकायले आफू संक्रमित हुँदाकै अवस्थामा पनि यसवर्ष जाजरकोटका अन्य संक्रमितको अस्पताल भर्नादेखि आर्थिक सहयोगसम्म गरेका छन्।

    भोटको लागि राजनीति गर्ने तर जनतालाई समस्या परेका बेला कुनै राजनीतिक दलका नेता कार्यकर्ताहरुले सहयोग नगरेको गुनासो उनको छ।

    मानव सेवानै सबैभन्दा ठूलो कर्म भएकाले सबैले आफूले सक्ने सहयोग गर्नु पर्ने रोकायको बुझाइ छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय