काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
‘प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ ।