• vacancy ad
  • एमफील/पीएचडी भर्ना शुल्क विवाद सुल्झाउन माग गर्दै विद्यार्थीको ज्ञापनपत्र

  • Ad Space available
  • एमफील/पीएचडी भर्ना शुल्कबारेको समस्या तत्काल समाधान गर्नुपर्नेलगायत पाँचबुँदे मागसहित पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

    मंगलबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलसहितको टोलीले त्रिवि उपकुलपतिसमक्ष ज्ञापनपत्र बुझाएको अखिल(क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

    ad space

    माग पूरा गर्न १० दिको समयसीमा तोकेरै दिइएको पाँचबुँदे ज्ञापनपत्र बुझाएको उनले बताए । उनका अनुसार ज्ञापनपत्रमा विश्वविद्यालयको शैक्षिकसत्रको समयअवधि परीक्षा नलिईकनै समाप्त भएको भन्दै उपयुक्त विधि र समयावधी तोकेर परीक्षा सञ्चालन गर्न एवं शैक्षिक कार्यक्रमहरू क्यालेन्डर बनाएर लागू गर्न  र एमफील/पीएचडी भर्ना शुल्कबारेको समस्या तत्काल विद्यार्थीसँग संवाद गरि हल गर्न माग गरिएको छ ।

    ज्ञापनपत्रमा विश्वविद्यालयका आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयलाई निजीक्षेत्रबाट सञ्चालन गर्न बन्द गर्नुपर्ने, विद्यार्थीको माग बढेको भन्दै आंगिक क्याम्पसहरूमा कानुन विषयको अध्ययन अध्यापन व्यवस्था मिलाउन माग गरिएको छ ।

    त्रिवि सम्बन्धन प्राप्त कलेजहरुमा त्रिविले नै शुल्क तोकेर लागू गर्न र सो शुल्क उल्लंघन गर्ने शैक्षिक संस्थालाई कारबाही गर्नुपर्ने तथा हरेक वर्ष शुल्कवृद्धि गर्ने कार्य रोक्न र लकडाउन अवधिको शुल्क विद्यार्थीसँग नअसुल्न माग गरिएको छ । विद्यार्थी नेताहरूले १० दिनभित्र माग पूरा नभए कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय