• vacancy ad
  • महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपालसहित ११ नेतालाई बोलाइएन

  • Ad Space available
  • काठमाडौं । एमालेको केपी शर्मा ओली पक्षको स्थायी कमिटीको निर्णयअनुसार भोलिका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल पक्षका ११ नेतालाई बोलाइएको छैन।

    अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा पार्टीबाट निष्काशन गरिएका नेपाल समूहका ११ जनालाई महाधिवेशन आयोजक कमिटीको बैठकमा आमन्त्रण नगरिएको हो।

    ad space

    नेपाल समूहले भने ओलीले २८ फागुनमा आफूनिकट नेताहरुलाई राखेर गठन गरेको महाविधेशन आयोग कमिटीलाई अस्वीकार गर्दै आएको छ। पार्टीको विवाद हल गर्न भन्दै बोलाइएको बैठकमा निष्काशन गरिएका ११ जनाबाहेक अन्य नेपाल पक्षीय नेताहरुलाई पनि बोलाइएको छ ।

    यद्यपि उनीहरु बैठकमा जाने/नजानेबारे स्पष्ट भएको छैन । बुधबार विहान ११ बजे महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ ।

    यद्यपि बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई बोलाइएको छैन । सर्वोच्च अदालतले समेत यो कमिटीमाथि प्रश्न उठाएको छ ।
    नेपाल पक्षले यो आयोजक कमिटीलाई अस्वीकार गर्दै २ जेठ २०७५ को संरचनामा एमाले चल्नुपर्ने बताउँदै आएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय