• vacancy ad
  • इथियोपियाको टिग्रे क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा

  • Ad Space available
  • एजेन्सी। इथियोपियाको विद्रोही संगठन टिग्रे पीपल्स लिबरेसन फ्रन्टले टिग्रे क्षेत्रीय राजधानी मिकेलीमाथि नियन्त्रण कायम गरेका छन्।

    केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दाबी गरेका छन्।

    ad space

    यद्यपि इथियोपिया सरकारले सो क्षेत्रमा नियन्त्रण गुमाएको पुष्टि गरेको छैन। सरकारी पक्षले एकतर्फी युद्धविरामको प्रस्ताव गरेको छ।

    मिकेलीलाई इथियोपियाको सरकारी फौजले गत नोभेम्बरमा विद्रोहीको कब्जाबाट फिर्ता लिएको थियो। मिकेलीमा विद्रोहीले कब्जा गरेपछि सो क्षेत्रका स्थानीयले खुसी मनाएका छन्।

    टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुहरूले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको खबर सोमबारदेखि आउन थालेका हुन्।

    टिग्रे क्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाएका थिए।

    टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले मिकेली आफ्नो नियन्त्रणमा आएको दाबी गरे। अन्तरिम सरकारका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग मिकेलीबाट सरकारी सेना पछि हटेको पुष्टि गरेका छन्।

    यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले प्रधानमन्त्री अबीसँग कुरा गर्दै सर्वसाधारणको सुरक्षा र मानवीय सहायता मानिसहरूसम्म पुगेको सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्। उनले राजनीतिक समाधान खोज्न पनि प्रधानमन्त्री अबीलाई आग्रह गरे।

    संयुक्त राष्ट्रसंघले ५० लाखभन्दा बढी मानिस खाद्यान्न सहायताको पर्खाइमा रहेको र ३ लाख ५० हजार मानिसले भोकमरीको सामना गरिरहेको जनाएको छ।

    इथियोपियामा द्वन्द्वरत सबै पक्षमाथि आमहत्या र मानवअधिकार उल्लंघनको आरोप लागेको छ।

    इथियोपियामा सरकारी फौजहरूले मिकेलीलगायतका ग्रामीण क्षेत्रलाई विद्रोहीको कब्जाबाट फिर्ता लिने क्रममा महिला तथा किशोरीहरूमाथि बलात्कार तथा दुर्व्यवहारका घटनाहरू भइरहँदा त्यहाँका नागरिकले टिग्रे पीपल्स लिबरेसन फ्रन्टलाई सहयोग गरेका कतिपय स्थानीयले बताएका छन्।

    सेनाले किशोरीहरूमाथि बलात्कार र मानवीय दुर्व्यवहार गर्ने गरेको र प्रतिकार गर्न खोज्नेको हातखुट्टा नै काटिदिनेजस्ता अमानवीय व्यवहारहरू गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय