• vacancy ad
  • युवालाई कृषिमा आकर्षित गर्नु अहिलेको आवश्यकता : नेता नेपाल

  • Ad Space available
  • एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले युवालाई कृषिमा आकर्षित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

    राष्ट्रिय धान दिवसको शुभकामना दिँदै उनले भनेका छन् ‘किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो ।’

    ad space

    समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्दै कृषि क्षेत्रको रूपान्तरणका लागि सबैले सार्थक पहल गर्नुपर्ने उनको भनाइ छ ।

    नेपालको प्रमुख खाद्यवाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व रहेको उनले औँल्याए ।