• vacancy ad
  • आजदेखि ठूला सवारी जोर-बिजोर चल्ने, किराना पसल दिनभर खुल्ने

  • Ad Space available
  • काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुँदै छन् ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक यातायातका साधनलाई जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    ad space

    उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय प्रशासनले गरिसकेको छ ।

    यस्तै, उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । कोरोना संक्रमणको जोखिम घटेको निष्कर्ष निकाल्दै प्रतिबन्धहरूलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय हो ।

    आजदेखि पसलहरूलाई लगाइएको बार प्रणाली हटेको छ । बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

    काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको गरिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय