• vacancy ad
  • पौडेल र सिटौलासहित सुजाता निवासमा लञ्च मिटिङ

  • Ad Space available
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहित नेतृ सुजाता कोइरालाको निवासमा लञ्च मिटिङ भएको छ। पार्टीको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच छलफल तीव्र बनेको छ ।

    सोही क्रममा सोमबार वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा पुगेका हुन्।

    ad space

    आगामी महाधिवेशनमा सभापतिमा दोस्रो कार्यकालका लागि उम्मेदवार बन्ने घोषणा गर्दै सभापति शेरबहादुर देउवाले तयारी सुरु गरेपछि अन्य नेताहरु पनि छलफलमा जुटेका छन् ।

    संस्थापनइतर समूह सहमतिमा नेतृत्व अघि सार्ने रणनीतिसहित छलफलमा जुटेको छ । तर पौडेल समूहमा झण्डै आधा दर्जन आकांक्षी रहेका छन्।

    वरिष्ठ नेता पौडेलले आफू एक पटक सभापति बन्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन्।
    कोइराला आफैं सभापातिमा उठ्ने बताउँदै आएकी छन् ।

    कोइराला परिवारबाट सुजातासहित शशांक र शेखर कोइराला पनि दाबेदार छन् । तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौला भने अघिल्लो पटक सभापतिमा उम्मेदवार बनेपनि यो पटक मौन देखिदै आएका छन्।

    यसअघि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भावी नेतृत्व सर्वसम्मत चयन गर्ने भन्दै छलफल भएको थियो।

  • ad space
  • सिफारिस