• vacancy ad
  • सिड्नीमा फैलियो डेल्टा भेरियन्टको कोरोना

  • Ad Space available
  • अस्ट्रेलियाको सिड्नीमा डेल्टा भेरियन्टका कोरोना भाइरसका संक्रमितहरू बढ्दै गएका छन् । डेल्टा भेरिअन्टको कोभिड प्रकोपकाबीच सिड्नीमा संक्रमितहरूको संख्या १२८ पुगेको हो ।

    अस्ट्रेलियाका अन्य भागहरूमा संक्रमण पुष्टि हुने क्रम जारी रहेको बिबिसीले जनाएको छ । उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानोस्तरमा प्रकोप देखापरेको समाचारमा जनाइएको छ ।

    ad space

    अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता पहिलो पटक कोरोनाभाइरस संक्रमण देखिएको हो ।

  • ad space
  • सिफारिस