• vacancy ad
  • उपत्यकाका तीन प्रजिअको बैठक बस्दै, खुल्ला त सार्वजनिक यातायात ?

  • Ad Space available
  • काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुल्लो बनाउँदै थप गर्ने तयारी गरिएको छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुखहरूको बैठक आज बस्दै छ ।

    आजको बैठकले निषेधाज्ञाका बारेमा निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । आइतबार जोर-बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेको थिएन ।

    ad space

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरू नियमित खोल्नुपर्नेलगायतका सुझाव दिएको उल्लेख गर्दै पराजुलीले तीन वटै जिल्लाको वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरू परामर्शमै रहेको बताएका छन् ।

    उपत्यकामा संक्रमण दर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको पराजुलीको भनाइ छ ।

    सरकारले १७ असारदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखिरहेका छन् । निषेधाज्ञा थप खुकुलो हुने गरी प्रजिअहरूले आदेश जारी गर्ने तयारी गरेका छन् ।

    १६ वैशाखदेखि उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा बारअनुसरा पसल संचालन गर्ने गरी खुकुल्लो बनाइएको छ ।

  • ad space
  • सिफारिस