काठमाडौं: काठमाडौंको विभिन्न ठाउँमा रहेका सहकारी सस्था चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट वेल्कोट नगरपालिका–९ का २२ वर्षीया युवा दिपक गजुरेल छन् ।
उनलाई काठमाडौं प्रहरी परिसरको विशेष टोलीले शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले बानेश्वरस्थित बेबिलोन उपभोक्ता सहकारी संस्थासहित सात वटा सहकारीबाट ४३ लाख ९७ हजार रुपैयाँ चोरी गरेको खुलेको छ ।
उनले विभिन्न समयमा सहकारी चोरी गरेको स्वीकार गरिसकेका छन् । उनीमाथि अन्य सहकारी चोरीसमेत गरेको हुनसक्ने अनुमानमा गरेर थप अनुसन्धान जारी राखेको छ ।
प्रहरीका अनुसार उनी यसअघि पनि सहकारी चोरी गरेको अभियोगमा जेलसमेत परेर छुटेका व्यक्ति हुन् ।
प्रहरीका अनुसार उनी यसअघि पनि सहकारी चोरी गरेको अभियोगमा जेलसमेत परेर छुटेका व्यक्ति हुन् । गजुरेलले सीसा काट्ने मेसिनको प्रयोग गरेर सहकारीका झ्यालहरु काट्ने र त्यहाँबाट छिरेर चोरी गर्ने गरेको खुलेको हो । सहकारी चोरी गर्दा कैद भएको सीसीटीभी फुटेजको आधारमा उनको पहिचान गरेर प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार दिपकले सुरुमा पहिलो पटक १० माघ २०७७ मा बानेश्वरस्थित बेबिलोन उपभोक्ता सहकारी संस्था मिलिटेडबाट ६ लाख चोरी गरेका थिए । २१ माघमा शंखमुलको घर संसार उपभोक्ता सहकारी सस्थाबाटसमेत दुई लाख २४ हजार ९५ रुपैयाँ, १३ फागुन २०७७ मा फेरि गौशाला मित्रपार्कस्थित पञ्चश्री वचत तथा ऋण सहकारी संस्थावाट १४ लाख ९८ हजार ४ सय ७० रुपैया गरे ।
त्यसको भोली पल्ट १४ फागुनमा कोटेश्वरको सिमश स्वामी वचत तथा ऋण सहकारी संस्थावाट उसैगरी दुइ लाख ४ चैत २०७८ मा बानेश्वरकै सन्दुक वचत तथा ऋण सहकारी संस्थावाट १० लाख १३ हजार ६२५ रुपैयाँ र १३ जेठ २०७८ मा मैतिदेवीस्थित जेष्ठ आइडोलोजी वचत तथा ऋण सहकारी संस्था र मैतिदेवीकै गैथली वचत तथा ऋण सहकारी संस्थावाट २ लाख २८ हजार पाँचसहित नौ तोला सुनका गरगहना लुटेका थिए ।