काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ। आइतबार थप ३४ जनाको मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको हो।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन्।
सिफारिस
लोकप्रिय