• vacancy ad
  • चुनावको विरोध गर्नेहरुले विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन खोजेका छन् : कमल थापा

  • Ad Space available
  • काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले चुनावको विरोध गर्नेहरुले विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाएका छन् । उनीहरुको चाहना प्रजातन्त्र र संविधानलाई बलियो बनाउन नभइ बिदेशीलाई कम्फर्टेबल सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन भएको थापाको जिकिर छ ।

    ‘प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, विदेशीलाई कम्फर्टेबल सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्’, थापाले आइतबार भनेका छन् ।

    ad space

    हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको पनि थापाले दोहोर्याएका छन् । ‘विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम छ’, उनको भनाइ छ, ‘त्यस अवस्थामा संविधानको धारा ७६९५०लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ।’

    के संविधानको आशय त्यही हो भन्दै उनले प्रश्न समेत गरेका छन् । थापा चुनावको पक्षमा निरन्तर उभिँदै आएका छन् । यद्यपी उनको पार्टीभित्रै प्रतिनिधिसभा विघटनविरुद्ध मत बलियो छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय