• vacancy ad
  • प्रतिनिधिसभा विघटन मुद्दाः रिट निवेदक पक्षको बहस आज सकिँदै

  • Ad Space available
  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी रहनेछ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदक पक्षका लागि सुरुमा १२ घण्टा समय दिइएको छ । शुक्रबारको बहस सकिंदा रिटको पक्षबाट बहस गर्नका लागि अब २ घण्टा ३५ मिनेट बाँकी छ । आज रिट निवेदक पक्षको बहस सकिंदैछ ।

    ad space

    शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

    रिट निवेदक पक्षको बाँकी समय सकिएपछि विपक्षीका तर्फबाट बहस गर्न १५ घण्टाको समय तोकिएको छ । त्यसपछि विपक्षीका कानुन व्यवसायीले उठाएका सवालमाथि जवाफ दिन निवेदक पक्षलाई ३ घण्टाको समय दिइएको छ ।

    संवैधानिक इजलासमा यही असार ९ गतेबाट रिट निवेदक पक्षको बहस सुरु भएको थियो 

  • ad space
  • सिफारिस
    लोकप्रिय