• vacancy ad
  • अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान विद्रोहीको मृत्यु भएको छ।

    संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबाररातिदेखि विशेष कारबाही शुरु गरेको थियो।

    ad space

    अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन्। सो कारबाहीमा अरु १० जना घाइते भएका छन्।

    सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकुलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ।

    त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रुपमा तालिबानका लडाकूहरुमाथि कारबाही गरेको थियो। सो कारबाहीका क्रममा अरु आठ जनाको ज्यान गएको थियो। स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो।

    अफगानिस्तानको सरकार र तालिबानहरुका बीचमा शान्ति वार्ता हुने भनिए पनि सफल हुन सकेको छैन। त्यसैले पछिल्लो समयमा तालिबानहरुले पनि सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय