जाजरकोट। ठूलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ।
स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए।
शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उनले बताए। सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ। अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो।
सिफारिस
लोकप्रिय