• vacancy ad
  • अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

  • Ad Space available
  • एजेन्सी। अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन सुरू भएको छ। विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन्।

    कोरोना भाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ।

    ad space

    अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

    त्यसैगरी न्यू साउथ वेल्समा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ। बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ।

    घरभित्र वा बाहिर मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। शनिबार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहनेछ।

  • ad space
  • सिफारिस
    लोकप्रिय