• vacancy ad
  • पूर्वप्रधानमन्त्रीहरू मिलेर राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा गरे : प्रधानमन्त्री ओली

  • Ad Space available
  • काठमाडाैं । प्रधानमन्त्री ओली केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टीकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार आयोजित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको तर्क गरेका हुन् ।
    उनले भने ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि केही भूतपूर्वहरूको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्ने सम्म उहाँहरू पुग्नुभयो ।’

    ad space

    प्रधानमन्त्रीले ओलीले न्यायालयको निष्पक्षतामाथि पनि गम्भीर प्रश्न खडा भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा अदालतबारे दिएको अभिव्यक्तिले न्यायालयको निष्पक्षतामााथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताएका हुन् ।
    उनले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए ।

    कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरूपण भयो कि अरु नै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ , नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

    प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताए । उनले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तर्राष्ट्रिय मञ्चहरूमा देखिँदै आएको बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय