• vacancy ad
  • चीनमा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा १८ जनाको मृत्यु

  • Ad Space available
  • एजेन्सी। चीनको एउटा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

    हताहत हुने अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेका छन्। उनीहरू हेनान प्रान्तको झङ्सिङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए। घटनाको कारण भन्ने स्पष्ट भइसकेको छैन।

    झङ्छेङ्ग काउन्टी सरकारले आफ्नो आधिकारिक वीच्याट च्यानलमा दिएको संक्षिप्त विज्ञप्तिमा उक्त मार्सल आर्ट्स सेन्टरका एक अधिकारीलाई पक्राउ गरिएको जनाइएको छ।

    शुक्रवार बिहान ३ बजे आगलागी हुँदा आवासीय विद्यालयमा ३४ जना विद्यार्थी थिए। घाइते विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

    सिफारिस
    लोकप्रिय