• vacancy ad
  • नेता कार्यकर्ताको मुद्दा फिर्ता नगरेपछि सरकारविरुद्ध रणनीति बनाउँदै विप्लव समूह

  • Ad Space available

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारसँग चिढिँदै गएका छन्।

    गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीन बुँदे सहमति भएको थियो। त्यसमध्ये अन्तिम बुँदामा रहेको देशका विभिन्न कारागारमा रहेका नेकपाका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको विषयमा सहमति भएको महिनौं बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन। विप्लव पक्षका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले अनिच्छा देखाइरहेका छन्। जसका कारण विप्लव र उनको पार्टीका शीर्ष नेताहरू असन्तुष्ट हुन थालेका हुन।

    ad space

    सरकारले नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, केन्द्रीय सदस्य भरत बम र चूडामणि ओलीसहित ३० जना भन्दा धेरै नेता कार्यकर्ता रिहा गर्न बाँकी छ। उत्तिकै संख्यामा मुद्दा लगाएका नेता कार्यकर्ताको मुद्धा फिर्ता हुन सकेको छैन।

    गत फागुन २१ गतेयता नेता कार्यकर्ता थप पक्राउ नगरेपनि पुराना ३० भन्दा धेरै नेता कार्यकर्ता छुट्न बाँकी रहेको नेकपाका एक केन्द्रीय सदस्यले बताए। कार्यकर्ता रिहा र मुद्दा फिर्ताका विषयमा विप्लव आफैंले ओलीलाई तीन पटक बालुवाटारमै भेटेर आग्रह गरिसकेका छन्। तर, ओलीले नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता प्रक्रियामै रहेको भन्दै टार्दै आएका छन्।

    सरकारसँग भएको तीन बुँदे सहमति पालना नभएको भन्दै गत जेठमा विप्लवले बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा असन्तुष्टि पोखेका थिए। सरकारले सहमति पालना नगरेर अस्वभाविक रूपमा तन्काउन थालेको भन्दै विप्लवले आक्रोश पोखेका थिए। ‘केपी ओलीसँग तीन बुँदे सहमति गरेका थियौं। दुई बुँदा पालना गर्न हामी प्रतिवद्ध छौं। तीन नम्बर बुँदामा प्रतिबन्ध हटाउनुभयो। तर, बन्दी रिहा, मुद्दा फिर्ताको प्रक्रियालाई अस्वभाविक ढंगले तन्काएर जानु भएको छ। त्यो त्यति सहज लागिरहेको छैन। त्यसबारे छलफल गरिरहेका छौं’, विप्लवले भनेका थिए।

    नेकपाकै एक केन्द्रीय सदस्यले पनि ‌ओलीले जति तदारुकता देखाउनु पर्ने हो त्यति नदेखाएको बताए। ‘प्रधानमन्त्रीज्यूसँग फेरि भेटघाट गर्न काठमाडौं निस्कदै छौं। फोन सम्पर्क भइरहेको छ। फोनमा कुरा गर्दा भइरहेको छ, प्रक्रियामै छ भन्ने कुरा भएको छ। सरकारले सहमति पालना गर्नुपर्ने हो’, ती केन्द्रीय सदस्यले भने, ‘सरकारले सहमति पालना गरेन भने अर्को दुर्घटना हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यस्तो भए सरकार आफैंले जवाफ दिनुपर्ने हुन्छ।’

    सहमति पालनामा ओलीले धोका दिन्छन् कि भन्ने भएपछि विप्लव पक्ष सशंकित भएको देखिन्छ। तत्कालीन नेकपामा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरूलाई ुअल्मल्याएर दुस्ख दिएजस्तैु आफूहरूलाई पनि त्यसरी नै दुस्ख दिने हुन् कि भन्ने भय नेकपा नेताहरूमा देखिएको ती केन्द्रीय सदस्यले बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय